समाज

सामुदायिक वनमा माटो लिन गएका बालकको ढिस्कोले पुरिएर मृत्यु

राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर खत्रीका अनुसार राजपुर गाउँपालिका-२ पीपलडाँडाका १३ वर्षीय दिपेश चौधरीको मृत्यु भएको हो।

बेलास्थित दुर्गा सामुदायिक वनमा शनिबार माटो लिन गएका उनी ढिस्कोमा पुरिएका थिए। निजलाई उद्धार गरी अस्पताल पुर्याएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। रासस

प्रकाशित: १० श्रावण २०८३ ०९:४४ आइतबार