टेक्नो मोबाइल नेपालले बाढीपहिरोलगायत प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ ।
‘टेक्नो स्ट्यान्ड्स विथ नेपाल’ अभियानअन्तर्गत प्रदान गरिएको सहयोगको चेक टेक्नो मोबाइल नेपालका महाप्रबन्धक शंकर मैनालीसहितको टोलीले बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।
कम्पनीले विपद्का बेला प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ । आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार समुदाय तथा राष्ट्रका लागि सहयोग जारी राख्ने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ ।
प्रकाशित: २५ भाद्र २०८३ १६:१५ बिहीबार