रसुवामा आएको बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलमा फसेकाहरूको उद्धारमा खटिएका प्राविधिक प्रणय मगरले उद्धार कार्यमा ढिलाइ भएको भन्दै सरकारसँग गुनासो गरेको फेसबुक पोस्ट हटाइएको छ।
मगरले सोमबार राति फेसबुकमार्फत आवश्यक उपकरण पर्याप्त उपलब्ध नभएका कारण उद्धारमा ढिलाइ भएको भन्दै गुनासो गरेका थिए। उनले सुरुदेखि नै तीन–चारवटा एक्स्काभेटर र एउटा ब्रेकर उपलब्ध भएको भए उद्धार कार्य सम्पन्न भइसक्ने बताएका थिए।
'हेलो माननीय ज्यूहरू मेरो एउटा बिन्ती छ। हजुरहरूलाई प्राविधिक चाहिन्छ भने प्राविधिकले भनेको अनुसार काम गर्नुस् यदि प्राविधिकले भनेअनुसार काम गर्न सक्नु हुँदैन भने प्राविधिक नै नबोलाउनुस्,' उनले सामाजिक सञ्जालमा लेखेका थिए।
उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको थियो। अहिले उनको उक्त स्टाटस फेसबुकमा देखिँदैन।
यो पनि पढ्नुहोस्
यस्तो छ उनको हटाइएको पोस्ट:
प्रकाशित: १६ भाद्र २०८३ १०:२९ मंगलबार