पूर्व पश्चिम महेन्द्र राजमार्गमा टिपरको ठक्कर दिदा शनिबार दिउँसो एक शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा कलैया उपमहानगरपालिका २४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मनहर्वामा अध्यापन गराउने शिक्षक देवबहादुर चौरे रहेको बारा प्रहरीले जनाएको छ।
जीतपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवाका घर भएका चौरेलाई दुधौरा–पिलुवा सडकको बीचमा शनिबार दिउँसो ना१अ यो १३४ नम्बर लेखिएको टिपरले उनी सवार मोटरसाइकललाई ठक्कर दिएको थियो।
घटना लगत्तै चौरेललाई उद्धार गरेर गण्डक स्थित बयोधा अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरीले चालक सहित टिपरलाई नियन्त्रणमा लिएको छ।
प्रकाशित: २० भाद्र २०८३ १६:१५ शनिबार