समाज

सुनसरी कप्तानगन्ज घटना : कहिले के भयाे?

सुनसरीको देवागन्ज–३ कप्तानगन्जमा दुई समुदायका युवाबिचको विवादले उत्पन्न असहज अवस्था साम्य पार्न जनजनबाट अग्रसरता थालिएको छ। ‘जातीय र सामाजिक एकता कायम गरौं’ भन्दै समाजका विभिन्न तप्काबाट र्‍याली निकाल्ने काम भइरहेको छ। छानबिन समितिले पनि घटनास्थलमा पुगेर दोषी पहिचान गर्न सूक्ष्म अनुसन्धान थालेको छ।

कहिले के भयो?

- सुनसरी देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा साउन १० गते राति ८ बजेदेखि दुई समूहबिच विवाद र झडप सुरु

- झडप भएपछि इलाका प्रहरी कार्यालय देवानगन्जबाट प्रहरी निरीक्षको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा

-प्रहरीले सम्हाल्न नसकेपछि, सशस्त्र प्रहरी परिचालन, राति  १०.३० बजेतिर सुरक्षाकर्मीद्वारा गोली प्रहार

- गोली लागेर आठजना सर्वसाधारण घाइते

- घाइतेमध्ये देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको राति ११ बजेतिर मृत्यु  

साउन ११

- बिहान ७ बजेदेखि देवानगन्ज र हरिनगरका सम्पूर्ण क्षेत्रमा कर्फ्यु आदेश

- कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन, जिल्ला सुरक्षा समितिद्वारा सेना परिचालन निर्णय

- प्रदर्शन जारी, प्रदर्शनका क्रममा तोडफोड र आगजनी

- देवानगन्ज घटनालाई लिएर हरिनगर, कोसी, भोक्राहा नरसिंह र इनरुवामा पनि प्रदर्शन

- प्रजिअ वासुदेव घिमिरेद्वारा सर्वदलीय बैठक आह्वान, सद्भाव कायम गर्न अपिल

-गृह मन्त्रालयद्वारा सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा छानबिन समिति गठन

- साँझपख गृहद्वारा प्रजिअ वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुख फिर्ता, नयाँलाई जिम्मेवारी

- जिल्ला प्रशासन कार्यालयद्वारा राति ९ बजेदेखि इनरुवा–३ र ६ को पूर्वपश्चिम राजमार्ग दायाँबायाँ र पश्चिम कोसी ब्यारेजसम्म कर्फ्यु आदेश

साउन १२

- बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म हरिनगर र देवानगन्ज पुरै क्षेत्रमा कर्फ्यु आदेश

- बिहान दुहवीमा हिन्दु र मुस्लिम समुदायद्वारा संयुक्त सामाजिक सद्भाव र्‍याली

- छानबिन समितिद्वारा काम सुरु

- देवानगन्ज–२ का मुस्लिम समुदायका चार पसलमा आगजनी

- प्रदर्शनकारीतर्फका सञ्जय यादवमाथि अर्को समूहद्वारा आक्रमण

- प्रजिअसहितको टोली मृतक र र घाइतेका घरमा गएर भेटघाट

- भोक्राहा नरसिंह क्षेत्रमा हिन्दु र मुस्लिम युवाबिच झडप

- राति ९ बजेदेखि सुनसरीका दसवटा स्थानीय तहमा अनिश्तिकालिन कर्फ्यु आदेश

-देवानगन्ज–२ मा झडप, ४८ वर्षीय रिजमान अन्सारी र ४७ वर्षीय आलम अन्सारी घाइते

साउन १३

-छानबिन समितिद्वारा घटनास्थल कप्तानगन्जमा पुगेर अनुसन्धान, पीडित परिवारसँग भेट

-इटहरीमा सद्भाव र्‍याली प्रदर्शन  

प्रकाशित: १४ श्रावण २०८३ ०८:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App