समाज

सुदन गुरुङद्वारा आफूमाथि आक्रमणको प्रयास भएको दाबी

सञ्चारमाध्यमसँग भने–रानी बारीदेखि बानेश्वरसम्म लखेटिएँ

हामी नेपालका संयोजक सुदन गुरुङले आफूमाथि आक्रमणको प्रयास भएको दाबी गरेका छन्। बुधबार अज्ञात समूहले आफूमाथि आक्रमण गर्ने उद्देश्यले रानी बारीबाट बानेश्वरसम्म लखेटेको गुरुङले दाबी गरेका हुन्।

पल्सर बाइक र केही गाडीमा आएको समूहले आफूलाई लखेटेको गुरुङको दाबी छ। जेन–जी आन्दोलनका क्रममा अग्र भागमा नदेखिएका गुरुङ भदौ २४ गतेपछि एकाएक आन्दोलनको नेताका रूपमा देखा परेका पात्र हुन्। 

प्रकाशित: १ आश्विन २०८२ १६:०२ बुधबार