समाज

आगलागीबाट एक विद्यार्थीको मृत्यु

क्याप्शन

जुम्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा आगलागी हुँदा एकजना विद्यार्थीको मृत्यु भएको छ।  

गए राति करिब १ः०० बजेतिर घरमा आगलागी हुँदा कक्षा १० मा अध्यनरत १५ वर्षीय क्षितिज खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निर्देश बरालले बताए। सुर्खेत बस्दै आएका उनी एसइइ परीक्षा दिन कुडारीस्थित आफ्नो घरमा आएका थिए।

जिल्लाबाट प्रहरीको टोली घटनास्थल पुगेर मुचुल्का उठाउन थालेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

घटनास्थल पुगेका वडाध्यक्ष धनबहादुर शाहीका अनुसार घरमा आगलागी हुँदा सुतेकै अवस्थामा निसास्सिएर खत्रीको मृत्यु भएको हुन सक्छ। उनका बुबा भारतमा र आमा जिल्ला बाहिर रहेका छन्।

खत्रीको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याएको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए।  

प्रकाशित: १४ चैत्र २०८२ १०:५९ शनिबार