समाज

कोशी प्रदेशको तथ्यांकीय रूपरेखा पुस्तक सार्वजनिक

कोशी प्रदेशको तथ्यांकीय रूपरेखा पुस्तक लोकार्पण गरिएको छ ।

तथ्याङ्क समन्वय कार्यालय मोरङले आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरी कोशी प्रदेशको तथ्याङ्कीय रूपरेखा पुस्तक लोकार्पण गरेको हो ।

कार्यक्रममा कोशी प्रदेश योजना आयोगमा उपाध्यक्ष डा राजेन्द्र अधिकारी र तथ्याङ्क समन्वय कार्यालय मोरङका तथ्याङ्क समन्वय अधिकारी सुवास अधिकारीले पुस्तकको लोकार्पण गरे। पुस्तकमा दश खण्ड रहेको र पुस्तकमा प्रदेशको प्रशासनिक भौगोलिक अवस्थिति देखि कोशी प्रदेशको महत्त्वपूर्ण तथ्याङ्कहरूको नक्साङ्कन समावेश गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारीले कोशी प्रदेश सरकारले तथ्याङ्कलाई व्यवस्थित बनाउने उद्देश्यले तथ्याङ्क बैंक स्थापनाको तयारी गरेको जानकारी दिए । तथ्याङ्क समन्वय कार्यालय मोरङका तथ्याङ्क समन्वय अधिकारी सुवास अधिकारीले सरकारले २०८२ फागुन देखि कोशी प्रदेशमा आर्थिक गणना गर्ने तयारी गरेको जानकारी दिए । 

प्रकाशित: २६ असार २०८२ १७:२५ बिहीबार

#NagarikNews