सिंहदरबारको दक्षिण गेटमा सत्याग्रह बस्न खोज्ने खोटाङको दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाका मेयर तीर्थराज भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएर माइतीघरमा छाडेको छ।
विभिन्न माग राख्दै सिंहदरबारको दक्षिण गेटमा कपाल मुण्डन गरेर सत्याग्रह बस्न खोजेपछि भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएर माइतीघरमा छाडेको हो।

माइतीघर मण्डलामा कपाल मुण्डन गरी सेतो कपडा लगाएर परालको गुन्द्रीमाथि कम्बल ओछ्याएर बसेर उनले सत्याग्रह सुरु गरेका थिए। उनले छेउँमा बाँसका भाटा पनि राखेका थिए।

स्थानीय स्रोत, सामाग्री र उत्पादनको प्रवर्द्धन, बजारीकरणका लागि सरकारले कानुन बनाए पनि कार्यान्वयन नगरेपछि निषेधित क्षेत्रमा सत्याग्रह बस्न खोजेपछि उनलाई नियन्त्रणमा लिएर माइतीघर पुर्याइएको थियो।




प्रकाशित: ११ श्रावण २०८२ ११:१२ आइतबार



