समाज

सिमराका डिएसपी क्षेत्री मुख्यालय तानिए

तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा इलाका प्रहरी कार्यालय सिमराका नायब उपरीक्षक  दिलिप क्षेत्री  जिम्मेवारीबाट हटाइएको छ।  

क्षेत्रीलाई निलम्बनको माग गर्दै पीडित परिवार र स्थानीयहरुले बिहीबार   इलाका प्रहरी कार्यालय  घेराउ गरेर प्रदर्शन गरेका थिए।  

प्रदर्शनकारीहरुलाई शान्त बनाउन उनलाई तानिएको बताएइको छ। डिएसपी क्षेत्रीको स्थानमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत डिएसपी दयाकृष्ण भट्टलाई इलाका प्रहरी कार्यालय सिमराको प्रमुखका रूपमा पठाइएको प्रहरी स्रोतले जनाएको छ।

घटनाको अनुसन्धानलाई प्रभावकारी बनाउँदै दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीमाथि दबाब बढिरहेका बेला डिएसपी  तानिएका हुन्। मधेस प्रदेश प्रहरी प्रमुख डिआईजी ओम अधिकारीले सिमराका डिएसपी क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाउने निर्णय गरेको बताएका छ्न। क्षेत्रीको स्थानमा आउने डिएसपीको बारेमा थाहा नभएको उनले बताए।

प्रकाशित: ४ भाद्र २०८३ २२:०३ बिहीबार