पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। उक्त राजमार्गको वालिङ-स्याङ्जा खण्ड आज बिहानदेखि अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार पुतलीबजार नगरपालिका-१ तीनधारे र वालिङ नगरपालिका-१ रामबाच्छामा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो। प्रहरी, स्थानीय पालिका, सडक विभागको सहकार्यमा बाटो खोल्ने प्रयास जारी छ।
प्रकाशित: ११ आश्विन २०८३ ०८:२३ आइतबार