समाज

निषेधाज्ञापछि सेयर कारोबार बन्द

काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएपछि आज पुँजीबजारको कारोबार स्थगित गरिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सार्वजनिक सूचना जारी गर्दै सोमबारको कारोबार स्थगन गरिएको जनाएको हो । 

उपत्यकाभित्र निषेधाज्ञा आदेश जारी भएपछि धितोपत्र कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगनका लागि अनुरोध भइआएको पनि नेप्सेले जनाएको छ ।  

सूचनामा भनिएको छ, ‘चक्रपथभित्र कर्फ्यु आदेश जारी भएको तथा धेरै कारोबार सदस्य र लगानीकर्ताबाट समेत कारोबार स्थगन गर्न अनुरोध भइआएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार आजको सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको छ । ’

प्रकाशित: २४ भाद्र २०८२ १०:३२ मंगलबार