ट्याङ्करबाट हवाई इन्धन निकाल्दै गरेको अवस्थामा पर्सा प्रहरीले पेट्रोल पम्प सञ्चालकसहित सात जनालाई बिहीबार बेलुका नियन्त्रणमा लिएको छ ।
वीरगन्जको गण्डक क्षेत्रमा रहेको सौदागर पेट्रोल पम्पमा हवाई इन्धन बोकेको ट्याङ्करबाट इन्धन चोरी गरिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताएका छन् ।
बेलुका ५ बजे तिर सैदागर पेट्रोल पम्पमा हवाई इन्धन ट्याङ्करबाट चोरी गरि रहेको विशेष सूचना आए पछि प्रहरी टोली त्यसको अनुसन्धान खटेको उनले बताए।
पेट्रोल पम्पबाट हवाई इन्धन बोकेको ना ७ ख १५३९ नम्बरको इन्धन चोरी गरिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा थप अनुसन्धानको लागि लिएर आएको उनले बताए।
प्रहरीले करिब ३ घण्टासम्म सञ्चालन गरेको कारबाहीका क्रममा उनीहरुलाई रंगेहात पक्राउ गरेको पर्सा प्रहरीले दाबी गरेको छ।
पक्राउ परेकाहरुको विवरण सार्वजनिक गरिएको छैन ।
प्रकाशित: २१ श्रावण २०८३ २१:४२ बिहीबार