समाज

वरिष्ठ पत्रकार हरि लम्सालको निधन

वरिष्ठ पत्रकार हरि लम्सालको ७८ वर्षको उमेरमा ह्याम्स अस्पतालमा आज बिहान निधन भएको छ। उनी लामो समयसम्म फोक्सोको उपचार गराइरहेका थिए।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका पूर्वसभापति लम्सालका दुई छोरा, दुई जना छोरी र श्रीमती छन्।

५० वर्षभन्दा बढी समय क्रियाशील पत्रकारिता गरेका उनी लामो समय सम्म राष्ट्रवाणी साप्ताहिकको सम्पादकीय नेतृत्वमा समेत रहेका थिए।

उनको आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले जानकारी दिए।

प्रकाशित: १७ आश्विन २०८३ १३:०३ शनिबार