समाज

उपरथी भण्डारीलाई दर्ज्यानी चिह्न प्रदान

मन्त्रिपरिषद्को यही मङ्सिर ५ गतेको निर्णयअनुसार उपरथीमा विशेष बढुवा भएका सहायक रथी कृष्णप्रसाद भण्डारीलाई  दर्ज्यानी चिह्न प्रदान गरिएको छ। 

प्रधान सेनापति  अशोकराज सिग्देलले आज जंगी अड्डामा आयोजित एक कार्यक्रममा उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

सोही कार्यक्रममा प्रधान सेनापतिले सहायक रथी र महासेनानीमा पदोन्नति भएका महासेनानी तथा प्राविधिक प्रमुख सेनानीलाई पनि दर्ज्यानी  चिह्न प्रदान गरेको जन सम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रकाशित: ९ मंसिर २०८२ १३:४१ मंगलबार