नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि आक्रोशित एमाले कार्यकर्ताहरूले शनिबार दिउँसो काठमाडौंका मुख्य सडकमा आक्रामक प्रदर्शन गरेका छन्।
एमालेका २३ वटै जनसंगठनका कार्यकर्ताले माइतीघरमा प्रहरीले राखेको ब्यारिकेड तोडेर नयाँ बानेश्वरतर्फ अघि बढ्ने क्रममा बबरमहलस्थित काठमाडौं जिल्ला अदालत अगाडि प्रहरीसँग झडप भयो।
प्रदर्शनकारीले मूल सडकमै टायर बालेर ट्राफिक आवागमन पूर्ण रूपमा ठप्प पारे। आन्दोलन उग्र बन्दै जाँदा बबरमहल क्षेत्रमा एउटा निजी गाडीको सिसा फुटाइएको छ भने भिडमा घुसपैठ भएको आशंका गर्दै प्रदर्शनकारीले एक अपरिचित व्यक्तिमाथि सडकमै कुटपिट भएको छ।
हेराैं तस्बिरहरु। सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक

































प्रकाशित: १४ चैत्र २०८२ १६:४७ शनिबार


