समाज

गृहमन्त्रीको निर्देशनपछि पूर्वी तराइका जिल्लामा ड्रोनबाट सुरक्षा अनुगमन

गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा बनाइएको छ।

सुनसरी घटनालाई लिएर पूर्वी तराइका जिल्लामा तनाव बढेपछि त्यहाँको सुरक्षा निगरानी कडा बनाइएको हो। संवेदनशील क्षेत्रहरूमा ड्रोनमार्फत अनुगमनलाई तीव्र पारिएको छ।

सुरक्षा निकायले सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने, अफवाह फैलाउने वा कानुनविपरीत गतिविधिमा संलग्न जो–कोहीमाथि प्रमाणका आधारमा कानुनी कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।

प्रशासनले नागरिकलाई शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न आग्रह गर्दै कुनै पनि भ्रामक सूचना वा उक्साहटमा नलाग्न अपिल गरेको छ।

प्रकाशित: १५ श्रावण २०८३ १४:५१ शुक्रबार