चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा त्रिशूली र नारायणी नदीमा ६४ शव भेटिएका छन्।
भेटिएका शव सग्लो र शरीरका अङ्गहरू मात्र पनि छन्। भेटिएका शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालयमा चितवन प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले बताए।
उनका अनुसारअनुसार तनहुँमा भेटिएका नौ शव चितवन पठाइएको भए पनि यहाँ राख्ने ठाउँ नभएर तनहुँ नै पठाइएको छ। जिल्लास्थित तीनवटै सुरक्षा निकायले नदी किनारमा शव खोज्ने काम सुरु गरेका छन्। भरतपुर अस्पतालको शवगृहमा शव नअटाएपछि अब भेटिएका शवहरू औद्योगिक प्रतिष्ठानको कार्यालयमा व्यवस्थापन गर्नेगरी तयारी गरिएको उनले बताए।
प्रकाशित: ११ भाद्र २०८३ ०६:५८ बिहीबार