समाज

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर एकापसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ।

आज बुढानीलकण्ठबाट नारायणगोपाल चोकतर्फ जाँदै गरेको बा ५ ख ३६७१ नम्बरको भाडाको बस र नारायणगोपाल चोकबाट बुढानीलकण्ठतर्फ आउँदै गरेको बा ५३ प २४८५ नम्बरको स्कुटर एकापसमा ठोक्किएका थिए।

दुर्घटनामा स्कुटर चालक बुढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलका २२ वर्षीय समिर श्रेष्ठ गम्भीर घाइतेको उपचारका क्रममा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

दुर्घटनामा स्कुटरमा सवार सोही स्थानकी २१ वर्षीया आयुष्मा मगर पनि घाइतेको उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित: ३० भाद्र २०८३ १४:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App