समाज

भद्रपुरमा स्कुल बस र मोटरसाइकल ठोक्कियो : ११ जना घाइते

झापाको भद्रपुरमा स्कुल बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । 

कचनकवल गाउँपालिका ३ भद्रपुर दलकी भित्री सडकखण्डमा प्रदेश १ ०१ ००१ ख ४४८२ नं.को बसले बाटोमा निस्कँदै गरेको प्रदेश १ ०१ ०१३ प ३४०३ नं.को मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक र बसमा सवार १० जना घाइते भएका छन् । घाइतेहरूको मनमोहन अस्पताल, विर्तामोड झापामा उपचार भइरहेको छ।

प्रकाशित: १७ वैशाख २०८३ १४:०८ बिहीबार