समाज

साल्ट ट्रेडिङ कर्पोरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड बागलुङद्वारा दशैँ , तिहार तथा छठपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुपथ मुल्य पसलले उपभोक्तालाई राहत मिलेको छ।  

कर्पोरेशनले जिल्लामा यही असोज ५ गते सोमबारदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको आएपछि उपभोक्ताको भीड नै लागेको छ। दैनिक ५०० जनासम्म उपभोक्ता सुपथ मुल्य पसलमा आउने गरेको पाइएको छ। साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङ शाखाले सहुलियत मुल्यमा चिनी, नून, दाल, चिउरा,मैदा, तोरीको तेल र आटाको सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो।  

उपभोक्ता सन्जय शर्माले चाडपर्वका मुखमा उपभोक्तालाई खाद्य पदार्थमा केही सहुलियत दिएपछि राहत मिलेको बताए।

नजिकिँदै गरेको दशैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियतका लागि बागलुङ नगरपालिका-४ उपल्लाचौरस्थित कार्यालयमा सुपथ मूल्य पसल सञ्चालन ल्याइएको साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङका कार्यालय प्रमुख मनोजकुमार श्रेष्ठले जानकारी दिए। कार्यलयले हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरेको छ। सुपथ मुल्यसँगै गुणस्तरीय समाग्रीका लागि उपभोक्ता लाइनमा बसेरै खाद्य सामग्री खरिद गर्न थालेका छन्।

बजारमा मुल्य वृद्धि भइरहेको चिनी, नुन तथा तेललगायतका उपभोग्य बस्तु सरकारी निकायले छुट सुविधासहित दिएपछि उपभोक्ता लामबद्ध भएर खरिद गर्न व्यस्त छन्। उपभोक्तालाई बिलसहित कारोवार गरिरहेको छ। पसलबाट ग्राहकले सुपथ मूल्यमा नुन, चिनी, खाने तोरीको तेल तथा आटा खरिद गर्न सक्ने प्रमुख श्रेष्ठले बताए। पसल आगमी कात्तिक ३० गतेसम्म सञ्चालनमा रहने जनाइएको छ।  

प्रकाशित: १० आश्विन २०८३ ०६:५१ शनिबार