नेपाल साल्ट ट्रेडिङले ताँजाकोट गाउँपालिकामा नुन बिक्रीवितरण गरेको छ ।
स्थानीय बासिन्दालाई घरदैलोमै गएर नुन बिक्रीवितरण गरेको नेपाल साल्ट ट्रेडिङ शाखा कार्यालयका प्रमुख राजबहादुर लामाले बताए। उनका अनुसार चङ्खेली गाउँपालिकामा ४३१ क्विन्टल, सर्केगाड गाउँपालिकामा ४७० क्विन्टल, नाम्खा गाउँपालिकामा ६३० क्विन्टल नुन बिक्री गरिएको छ ।
जिल्लामा झण्डै छ महिनापछि नुन आपूर्ति भएपछि सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकास्थित साल्ट ट्रेडिङको शाखा कार्यालयबाट नुन बिक्रीवितरण गरिएको हो । तत्काल एक हजार ५०० क्विन्टल नुन आएपछि आर्थिक वर्ष २०८३/८४ का लागि ६ हजार १३० क्विन्टल माग गरिएको शाखा प्रमुख लामाले जानकारी दिए।
प्रकाशित: १६ वैशाख २०८३ १८:२७ बुधबार