समाज

साह र महर्जनको जीवितै उद्धार, अझै थप तीन जना जीवित रहेको जानकारी : मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र थप तीन जना जीवित रहेको जानकारी आएको बताएका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत सञ्जय साह र कबिर महर्जनको जीवित उद्धार गरिएको बताउँदै उनले उक्त जानकारी दिएका हुन्। 'सञ्जय साह र कबिर महर्जनको जीवितै उद्धार। अझै थप ३ जना जीवित रहेको जानकारी,' उनले भनेका छन्।

भोटेकोशी बाढी गएको १० दिनपछि शाह र कविर महर्जनको जीवितै उद्धार गरिएको हो। बाढीपछि उनीहरू सुरुङभित्रै फसेका थिए। आयोजनामा शाह मेकानिकल फोरम्यान र कबीर महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत हुन्। उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी तथा प्राविधिक टोली परिचालित छन्।

सुरुङभित्रबाट जीवित व्यक्तिको उद्धार हुन थालेपछि बाँकी व्यक्तिहरूको पनि सकुशल उद्धार हुने आशा बढेको छ।

यो पनि पढ्नुहोस्

त्रिशूली-३ ‘ए’ : उद्धार गरिएका दुवै जनालाई उपचारका लागि काठमाडौं ल्याउने तयारी

प्रकाशित: १९ भाद्र २०८३ १०:३१ शुक्रबार