समाज

साथीको लापरबाहीले रायनको गालामा चोट, तीन जना समातिए

रुपन्देहीको देवदह नगरपालिका-५ मितेरी गाउँमा पेस्तोल चलाउने क्रममा २२ वर्षीय रायन खत्री क्षेत्री घाइते भएका छन्।

प्रहरीले शनिबार राति दिएको जानकारी अनुसार ४२ वर्षीय दुर्गा प्रसाद खरेलले पेस्तोल चलाउने क्रममा खत्रीको दाहिने गालामा चोट लागेको हो। सामान्य अवस्थामा रहेका उनको देवदह मेडिकल कलेजमा उपचार हुँदैछ।

प्रहरीका अनुसार घटनास्थलबाट म्यागजिनसहितको माउजर पेस्तोल बरामद गरिएको समेत जानकारी गराएको छ। घटनामा संलग्न भएको आशंकामा पेस्तोल चलाउने खरेलसहित कमल शर्मा र अमृत खरेललाई पनि नियन्त्रणमा लिइएको छ।

यसबारे आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: १८ आश्विन २०८३ ०७:५७ आइतबार