बिहीबारदेखि भइरहेको निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डका चार स्थानमा सामान्य ढुंगामाटो खसेको छ। जसका कारण उक्त सडकमा अर्को सूचना जारी नभएसम्मका लागि आवागमन बन्द गरिएको छ।
यस्तै, पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक भासिएको छ।
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुईनखोला, नाम्से पुल, १५ किलो र १७ किलोमा सामान्य ढुंगामाटो खसेको जनाइएको छ।
यस्तै, पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक भासिएपछि साना सवारीसाधन र मोटरसाइकल सञ्चालनमा आउन सक्ने अवस्था रहे पनि ठूला सवारीसाधन भने पास हुन नसक्ने भएका छन्।
प्रकाशित: ९ आश्विन २०८३ ०९:१६ शुक्रबार