समाज

कृष्णभिरमा हिँड्न समेत नमिल्ने गरी भासियो सडक

धादिङको कृष्णभिरमा त्रिशूली नदीले सडक कटान गरेपछि पृथ्वी राजमार्ग पूर्ण रुपले अवरुद्ध भएको छ।

आइतबार बिहान त्रिशूलीको कटानले सडकको आधा भाग मात्र भासिएको थियो। अहिले सडक पूर्ण रुपमा तल खसेर हिड्ने बाटोसमेत कटान भएको छ।

सडक भासिएपछि पछि पृथ्वी राजमार्गमा बिहानै देखि सवारीसाधन पूर्ण रुपमा ठप्प भएको छ।

काठमाडौंको नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले पृथ्वी राजमार्ग हुँदै सञ्चालनमा रहेका सवारीसाधन नयाँबसपार्कमै रोकिएका जानकारी दिए।

यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। 

प्रकाशित: १४ भाद्र २०८३ १५:०२ आइतबार