समाज

चिलिमे सुरुङसम्म सडक पुग्यो, सुरुङ छिचोल्ने तयारी

रसुवाको स्याफ्रुबेँसीबाट चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म जोड्ने पहुँचमार्ग निर्माण सम्पन्न भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि प्रभावित बनेको सुरुङ क्षेत्रसम्म साढे तीन दिनको प्रयासपछि एक हजार ५० मिटर लामो ट्र्याक खोलिएको हो। नेपाली सेना र सम्बन्धित निकायको समन्वयमा सुरुमा एक्स्काभेटरबाट ५५० मिटर बाटो बनाइएको थियो।

बाँकी कडा पहरा फोर्न सेनाले नौ पटक नियन्त्रित ब्लास्टिङ गरी थप ५०० मिटर ट्र्याक निर्माण गरेको कार्यालयले जनाएको छ। सडक खुलेसँगै चिलिमे सुरुङको मुखसम्म ठूला तथा भारी उपकरण र आवश्यक सामग्री पुर्‍याउन सम्भव भएको छ।

भारी उपकरण कार्यस्थलमा पुर्‍याइसकिएकाले आज वा भोलिसम्ममा सुरुङ छिचोलिने अपेक्षा गरिएको छ।

प्रकाशित: २७ भाद्र २०८३ ०७:४३ शनिबार