समाज

आज यी जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

आज देशका विभिन्न जिल्लामा बहने स-साना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकमा बाढीको खत्तरा छ।

त्यस्तै, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, धादिङ, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, म्याग्दी, बागलुङ, पर्वत, रुकुम पूर्व, रुकुम पश्चिम, प्युठान, रोल्पा, सल्यान, डोल्पा, जाजरकोट, जुम्ला, कालिकोट, मुगु, हुम्ला, बाजुरा, अछाम, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुरा तथा आसपासका जिल्लामा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।

यस्तै, गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर र आसपासका जिल्लामा बहने स-साना नदीमा बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको उच्च जोखिम रहेको बताइएको छ।

May be a graphic of map and text

प्रकाशित: ९ आश्विन २०८३ १०:४४ शुक्रबार