समाज

आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि देशका काठमाडौंसहितका जिल्लामा बहने स-साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, पर्सा, रसुवा, नुवाकोट, धादिङ, चितवन, दाङ, अर्घाखाँची, रुकुम पूर्व, रुकुम पश्चिम, प्युठान, रोल्पा, सल्यान, जुम्ला, कालिकोट, दैलेख, बाजुरा, अछाम, बझाङ, दार्चुला, बैतडी र आसपासका जिल्लामा बहने स-साना नदीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ।

त्यस्तै, गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, डोल्पा, जाजरकोट, रुपन्देही, कपिलवस्तु, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, मुगु, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डोटी, हुम्ला र डडेल्धुरा तथा आसपासका जिल्लामा बहने स-साना नदीमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहने महाशाखाले बताएको छ।

भोलि पनि काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, मनाङ, मुस्ताङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख, सुर्खेत, कालिकोट, डोल्पा, सल्यान, जुम्ला, मुगु, कैलाली, कञ्चनपुर, बाजुरा, अछाम, बझाङ, दार्चुला, बैतडी र डडेल्धुरा तथा आसपासका जिल्लामा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार आज बिहानको मापनमा कोशी, नारायणी र तिनका सहायक नदीमा जलसतह सतर्कता तहभन्दा माथि रहेको छ। बागमती, पश्चिम राप्ती, बबई र तिनका सहायक नदीमा बहाव सतर्कता तह नजिक रहेको छ भने देशका अन्य नदीमा जलसतह सतर्कता तहभन्दा तल रहेको छ।

थप तल हेर्नुस्

May be a graphic of map and text

प्रकाशित: १० आश्विन २०८३ १०:४२ शनिबार