समाज

आज यी ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम

आज काठमाडौंसहित देशका विभिन्न ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको छ।

बाढी पूर्वानुमान महाशाखाले शनिबार बिहान ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, इलाम, झापा, मोरङ, उदयपुर, सिन्धुली, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकमा बाढीको जोखिम रहेको जानकारी दिएको हो।

साथै, रसुवा, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, बर्दिया, हुम्ला, बझाङ, बैतडी, दार्चुला, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्लामा बहने स-साना नदीको बहाव उल्लेख्य बढ्ने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको छ।

प्रकाशित: ३ आश्विन २०८३ ०९:४५ शनिबार