समाज

आज यी २४ जिल्लामा आकस्मिक बाढीको जोखिम

फाइल तस्बिर

आज रसुवा, नुवाकोट, धादिङलगायतका २४ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको छ। 

बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहीबार ताप्लेजुङ, संखुवासभा, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, सिन्धुपाल्चोक, गोरखामा बाढीको जोखिम रहेको छ।

त्यस्तै, रुकुम पूर्व, रुकुम पश्चिम, मुस्ताङ, मुगु, बाजुरा, बझाङ, दार्चुला र बैतडी तथा आसपासका क्षेत्रमा पनि बहने स-साना नदीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

प्रकाशित: २५ भाद्र २०८३ ०९:२९ बिहीबार