समाज

आज यी २२ जिल्लामा आकस्मिक बाढीको जोखिम

फाइल तस्बिर

आज कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीसहित कनकाई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरी, उदयपुर, रामेछाप, दोलखा, काभ्रेपलान्चोक, मकवानपुर, चितवनमा बाढीको खतरा रहेको छ।

त्यस्तै, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र आसपासका जिल्लामा बहने साना नदीको बहाव उल्लेख्य बढ्न सक्छ। ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले बताएको छ।

May be an image of text

प्रकाशित: २७ भाद्र २०८३ १०:१४ शनिबार