समाज

त्रिशूली ‘३ ए’ सुरुङको माथिल्लो भागमा पुग्यो उद्धार टोली,आजै भत्रि पस्ने तयारी

फाइल।

त्रिशूली ‘३ ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका नागरिकहरूको उद्धारमा खटिएको टोली सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको छ।

टोलीले सुरुङको माथिल्लो भागबाट अक्सिजन पठाउने काम सुरु गरेको गृहमन्त्री सुधन गुरुङले जानकारी दिएका छन्।

गृहमन्त्री गुरुङका अनुसार सुरुङभित्र हावा पठाउन थालिएकाले अब खन्ने कामलाई गति दिएर उद्धार टोली आजै सुरुङभित्र पस्ने अन्तिम तयारीमा जुटेको छ।

‘हामीले सानो प्वालबाट भित्र हावा पठाउन सुरु गरेका छौं,’ गृहमन्त्री गुरुङले भने, ‘अब खन्ने काम सुरु गरी उद्धार टोली पनि भित्र पठाउनेछौं।’

प्रकाशित: १३ भाद्र २०८३ २१:५६ शनिबार