राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपानेले चिलिमेमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आजदेखि अस्थायी सडक सञ्चालनमा आउने बताएका छन्।
न्यौपानेका अनुसार हिजोसम्म आवतजावत तथा उद्धारका लागि हेलिकप्टर प्रयोग हुँदै आएकोमा आजदेखि उद्धार स्थलसम्म अस्थायी सडक सञ्चालनमा आउनेछ।
उनले आजदेखि नै उद्धार कार्यमा नाइट सिफ्ट समेत सुरु गरिने जानकारी दिएका छन्। यससँगै उद्धार कार्यलाई चौबीसै घण्टा निरन्तरता दिइने उनको भनाइ छ।
अस्थायी सडक सञ्चालनमा आएपछि उद्धारका लागि हेलिकप्टरमा निर्भरता घट्ने तथा स्थलमार्गबाट आवश्यक जनशक्ति, उपकरण र सामग्री उद्धारस्थलसम्म पुर्याउन सहज हुने अपेक्षा गरिएको छ।
न्यौपानेले उद्धार कार्यलाई तीव्रता दिँदै चौबीसै घण्टा निरन्तर सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए।
प्रकाशित: २४ भाद्र २०८३ ०७:४९ बुधबार