समाज

त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य सूरु

रसुवामा रहेको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र मानिसहरू फसेकोहरुको उद्धार गर्न थालिएको छ। 

शनिबार बिहानैदेखि लेदो तथा भग्नावशेष पन्छाउँदै उद्धार कार्य थालिएको छ भने सुरुङभित्र मानिसहरू फसेपछि सुरक्षाकर्मीको संयुक्त उद्धार टोली परिचालन गरी खोजी तथा उद्धार कार्य अघि बढाइएको छ। 

सुरुङको मुख खोतल्ने तथा खोजी कार्यलाई तीव्र बनाउन नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका २० जना गरी ८२ जनाको संयुक्त टोली खटिएको छ। 

लगातारको वर्षा, लेदो तथा भग्नावशेषका कारण सुरुङको प्रवेशद्वारसम्म पुगेर खोजी कार्य अघि बढाउन कठिनाइ भइरहेको छ।

साथै उद्धारको लागि आएको भारतीय उद्धार टोली त्रिशूली पुगेको छ। भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक अनुगमन गर्ने तयारी गरेको छ।

प्रकाशित: १३ भाद्र २०८३ १३:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App