मुग्लिन-नारायणगढ सडकखण्डको भरतपुर महानगरपालिका-२९ सिमलताल पारीपट्टी तनहुँको आबुखैरेनी गाउँपालिका-५ स्थित त्रिशुली नदी किनारमा आइतबार बसको अवशेष फेला परेको छ ।
यो अवशेष २०८१ असार २८ मा चितवनको भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालमा पहिरो जाँदा त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बस मध्ये एक बसको हुनसक्ने अनुमान प्रहरीको छ ।
नदी किनारको बालुवामा गाडिएको अवस्थामा बसको केही भाग भेटिएको इलाका प्रहरी कार्यालय आवुखैरेनी तनहुँका प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताए ।
प्रकाशित: २७ पुस २०८२ १७:४५ आइतबार