समाज

भोटेकोशी बाढी: पीडितलाई तनहुँ रेडक्रसको एक लाख सहयोग

नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाले भोटेकोशी बाढीपीडितको सहयोगार्थएक लाख दुई हजार ८३  रुपैयाँ  प्रदान गरेको छ।

शाखाले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा शव व्यवस्थापनका लागि  निःशुल्क एम्बुलेन्स सेवाका साथै शव व्यवस्थापनका निम्ति आवश्यक पर्ने सामग्री पनि हस्तान्तरण गरेको शाखाका सभापति कृष्णप्रसाद गौतमले बताए।

तनहुँ रेडक्रसले आफू मातहतका पालिका शाखा, उपशाखा तथा जुनियर र युवा रेडक्रस सर्कललाई विपद्का बेला गर्नुपर्ने आफ्नो दायित्वबाट विमुख नहुन अनुरोध गरेको छ। 

प्रकाशित: १४ भाद्र २०८३ ०६:४९ आइतबार