समाज

रसुवा र नुवाकोटमा २० थान ‘स्याटेलाइट फोन’ पठाइयो, तीन महिनासम्म निःशुल्क चल्ने

रसुवास्थित भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाह र उद्धार कार्यलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ।

प्राधिकरणले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) बाट विपद् सहयोगस्वरूप प्राप्त ती फोनहरू राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो।

हस्तान्तरण गरिएका कुल फोनहरूमध्ये रसुवा र नुवाकोट जिल्लाका लागि १०/१० थान पठाइएको छ। यी स्याटेलाइट फोनहरू आगामी तीन महिनासम्म सम्बन्धित क्षेत्रमा निःशुल्क प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ।

नियमित मोबाइल नेटवर्क नटिप्ने दुर्गम स्थानहरूमा समेत सीधा भू-उपग्रह (स्याटेलाइट) मार्फत फोन तथा एसएमएस सेवा सञ्चालन गर्न सकिने यो प्रविधि निकै महँगो मानिन्छ।

प्रकाशित: १४ भाद्र २०८३ १६:३६ आइतबार