समाज

रसुवा बाढी : चिनको नदी थुनिएको स्थान पूर्ण रूपमा नखुल्दा जोखिम कायमै

चीनतर्फबाट प्राप्त पछिल्लो सूचनाअनुसार नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेपछि भोटेकोसी र त्रिशूली नदी आसपासको जोखिम कायमै रहेको छ।  

जल तथा मौसम विज्ञान विभागले भदौ १० गते दिउँसो १ः३० बजे अत्यन्त जरुरी सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म भोटेकोसी र त्रिशूली नदी आसपासका बासिन्दालाई नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको हो। 

चीनतर्फ नदी थुनिएको स्थानमा बनेको ताल पूर्ण रूपमा नखुलेका कारण तल्लो तटीय क्षेत्रमा थप जोखिम हुन सक्ने भन्दै विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। 

विभागले सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा सुरक्षित स्थानमा बस्न सबैमा अनुरोध गरेको छ। 

प्रकाशित: १० भाद्र २०८३ १४:०५ बुधबार