रसुवाको भोटेकोशीमा बुधबार आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेलले एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि तत्काल उद्धार, राहत र पुनःस्थापनाको आवश्यकता रहेको भन्दै एनसेलले सरकारको आह्वानमा सहयोग घोषणा गरेको हो।
विपद्को कठिन अवस्थामा जनताको साथमा उभिनु सबैको साझा जिम्मेवारी भएको भन्दै एनसेलले उद्धार, राहत तथा पुनःस्थापनाका सरकारी प्रयासमा सहयोग पुर्याउने उद्देश्यले एक करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको जनाएको छ।
प्रकाशित: ११ भाद्र २०८३ ११:३७ बिहीबार