समाज

रसुवा बाढी : जाँचपासका लागि राखिएका पाँच सय नयाँ गाडीहरु बगायो

बाढीका कारण रसुवागढी भन्सारमा जाँचपासका लागि राखिएका करिब ५०० वटा नयाँ गाडीहरू बगाएको अनुमान गरिएको छ।

भन्सार विभागका निर्देशक किशोर बर्तौलाले जाँचपासका लागि राखिएका करिब ५०० गाडीहरू बाढीले बगाएको अनुमान रहेको बताए।

उनले भन्सार क्षेत्रमा चीनबाट आयात गरिएका नयाँ सवारी साधन पार्किङ गरि राखिएकोमा सबै बगाएको बताए।

यस्तै, भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरू अझै सम्पर्कविहीन रहेका उनले बताए।

प्रकाशित: १० भाद्र २०८३ १३:१० बुधबार