समाज

रसुवा बाढी : एक्स्ट्रिम इनर्जी ड्रिंक्सद्वारा १ करोड सहयोग घोषणा

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

कम्पनीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने जनाएको हो। विपद्को कठिन अवस्थामा प्रभावित परिवार तथा नागरिकको पीडा न्यूनीकरण गर्न सरकारसँग ऐक्यबद्धता जनाएको हो। 

विपद्का बेला ज्यानको जोखिम मोलेर उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सरकारी र गैरसरकारी निकायको योगदानप्रति पनि कम्पनीले सम्मान व्यक्त गरेको छ। 

प्रकाशित: ११ भाद्र २०८३ १३:५३ बिहीबार