समाज

रसुवा बाढी : ४० विदेशीसहित ७०० जनाको हेलिकप्टरमार्फत उद्धार

रसुवास्थित भोटेकोशीमा आएको बाढीबाट प्रभावित ७०० भन्दा बढी स्वदेशी तथा विदेशी नागरिकको सैनिक हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

रसुवाको टिमुरे, स्याफ्रुबेँसी र मैलुङ इलाकाबाट आज अपराह्नसम्म ४० विदेशीसहित ७०६ जनाको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

सेनाले २९ भारतीय, चार जर्मन, चार चिनियाँ, एक ओमानी र दुई कोरियन नागरिकको उद्धार गरेको छ। प्रभावित जिल्लामा करिब चार हजार ५०० भन्दा बढी फौज परिचालित भएका छन्।

तीनवटै सुरक्षा फौजले संयुक्त रूपमा घाइतेको खोज तथा उद्धार, आपत्कालीन उपचार तथा राहत सामग्री वितरण गरिरहेका छन्। 

प्रकाशित: १२ भाद्र २०८३ १८:०१ शुक्रबार