समाज

रसुवा बाढी : ट्रमा सेन्टरका ७ चिकित्सक परिचालन

राष्ट्रिय ट्रमा सेन्टरका सात जना चिकित्सक रसुवाको बाढी प्रभावित क्षेत्रमा गएका छन्। 

बाढी प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको उपचारका लागि चिकित्सक टोली आवश्यक औषधिसहित रसुवातर्फ प्रस्थान गरेको हो। 

रसुवामा आएको आकस्मिक बाढीबाट विभिन्न स्थानमा जनधन तथा भौतिक संरचनामा क्षति पुगेपछि उद्धार तथा राहतसँगै स्वास्थ्य सेवा पनि प्राथमिकतामा राखिएको छ। 

प्रकाशित: १० भाद्र २०८३ १२:४७ बुधबार