समाज

रसुवा बाढी: ३८९ जनाको शव फेला, ४६६ घाइतेको उद्धार

रसुवामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका ३८९ जनाको शव फेला परेको छ।

नेपाल प्रहरीका अनुसार बिहीबार राति ९ बजेसम्म विभिन्न आठ जिल्लाबाट उक्त संख्यामा शवहरू बरामद गरिएको हो।

बाढीले बहाएर ल्याएका शवहरूमध्ये सबैभन्दा बढी चितवनमा १३७ र पूर्वी नवलपरासीमा ८७ वटा भेटिएका छन्।

यस्तै धादिङमा ३३, गोरखामा ३२, नुवाकोट र तनहुँमा २८–२८, पश्चिम नवलपरासीमा २७ र रसुवामा १७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

बाढीका कारण प्रभावित भएका ४६६ जना घाइतेहरूलाई उद्धार गरी उपचार तथा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रमा उद्धार कार्य अझै जारी छ।

प्रकाशित: ११ भाद्र २०८३ २२:१९ बिहीबार