भक्तपुर जिल्लाका २८ व्यक्ति सम्पर्कविहीन भएका छन्। बुधबार भोटेकोशीमा आएको बाढीका कारण अलपत्रमा परेकाहरु सम्पर्कविहीन भएका हुन्।
जिल्ला प्रहरी परिसर भक्तपुरले आज बिहान दिएको जानकारीअनुसार परिसरमा २८ परिवारले सम्पर्क गरी आफन्त खोजिदिन आग्रह गरेको जानकारी दिए।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दीपक कार्कीले अलपत्रमा परेकाहरुको खोजी भइरहेको जानकारी दिए।
प्रकाशित: १२ भाद्र २०८३ १२:४१ शुक्रबार