समाज

रसुवा बाढी : विदेशीसहित हेलिकप्टरबाट २ हजार ४६५ जनाको उद्धार

रसुवामा आएको बाढीपछि नेपाली सेनाले आज बिहान ८ बजेसम्म हवाई तथा स्थलमार्गबाट २ हजार ४ सय ६५ जनाको उद्धार गरिएको छ। 

सेनाका हेलिकप्टरमार्फत टिमुरे, स्याफ्रुवेशी, धुन्चे तथा मैलुङ क्षेत्रबाट मात्रै १६३ जना विदेशी नागरिकको हवाई उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ११३ जना भारतीय, चार जना जर्मन, २६ जना चिनियाँ, दुई जना अमेरिकी, दुई जना इटालियन, एक जना ओमानी र १५ जना कोरियन नागरिक रहेका छन्। 

सेनाका अनुसार टनेलबाट उद्धार गरिएका १९१ जनासहित २ हजार २६५ जनाको हवाई उद्धार गरिएको छ। त्यस्तै, स्थलमार्गबाट थप २०० जनाको उद्धार गरिएको छ भने हवाई र स्थलमार्गबाट कुल २ हजार ४६५ जनाको उद्धार भएको हो। 

प्रकाशित: १३ भाद्र २०८३ १०:१६ शनिबार