समाज

रसुवा बाढी : हाइड्रोपावरका ११ कर्मचारी सम्पर्कमा

रसुवामा आएको बाढीपछि सम्पर्कविहीन भनिएका जलविद्युत् आयोजनामा कार्यरत ११ कर्मचारी सम्पर्कमा आएका छन्।

अप्पर त्रिशूली ३ ए जलविद्युत् केन्द्रमा कार्यरत तथा बाढीपछि सम्पर्कविहीन रहेका कर्मचारीहरू अहिले सम्पर्कमा आएको जानकारी प्राप्त भएको हो। 

सम्पर्कमा आएका कर्मचारीमा संजोग कुमार केसी, मोहन ज्ञवाली, रविन्द्र भट्ट, सुरेश चौधरी, विष्णु भण्डारी, खेमराज भट्टराई, सौगारथ यादव, जितेन्द्र गुप्ता, रोवन पराजुली, भीमसेन थापा र विक्रम माझी रहेका छन्। 

उनीहरूमध्ये मोहन ज्ञवाली सेती फेवा जलविद्युत् आयोजनामा कार्यरत रहेको जनाइएको छ।

प्रकाशित: १२ भाद्र २०८३ १६:२३ शुक्रबार