रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको संख्या एक हजार २९० पुगेको छ।
नेपाल प्रहरीले बिहान पाँच बजेसम्मको जानकारी सार्वजनिक गर्दै हालसम्म एक हजार २९० वटा शव फेला परेको जानकारी गराएको हो। फेला परेका शवहरूमा ३४ बालक, ४५ बालिका, २५० महिला, ४२७ पुरुष, ५३२ आंशिक अंग र अस्पतालमा मृत्यु भएका दुई जना रहेका छन्। यसैगरी शव व्यवस्थापनअन्तर्गत ९२६ वटा शव जमिनमा गाडिएको छ।
बाढीमा परी स्वदेशी र विदेशी गरी कुल चार हजार ७९८ जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ। यसमा स्वदेशी दुई हजार ८४७ जना (फोनमार्फत सम्पर्कमा रहेका एक हजार ३५० सहित) र विदेशी ६०१ जना रहेका छन्। साथै, २५ जना प्रहरी पनि सम्पर्कविहीन रहेको जनाएको छ।
जानकारी अनुसार पहिचान नखुलेका एक हजार १४१ शवहरूको विवरण आधिकारिक वेबसाइटमा अपलोड गरिएको छ। पहिचान तथा परीक्षणका लागि एक हजार १४३ मृतक र ७१९ मृतकका आफन्त गरी जम्मा एक हजार ८६२ वटा डीएनए नमुना संकलन गरिएको प्रहरीले बताएको छ।
प्रकाशित: १९ भाद्र २०८३ ०९:२५ शुक्रबार