लुम्बिनी प्रदेशका कपिलवस्तु र गुल्मी तथा गण्डकी प्रदेशका तनहुँ, कास्की, स्याङ्जा, पाल्पा र आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टामा हल्कादेखि भारी वर्षा भएको छ।
नेपाल बाढी सूचना केन्द्रका अनुसार वर्षाका कारण साना–ठूला खोलानालामा जलसतह बढ्दो क्रममा रहेको छ। यद्यपि, हालसम्म खोलानालाको अवस्था सामान्य रहेको केन्द्रले जनाएको छ।
केन्द्रले वर्षा तथा नदीको अवस्थाबारे नियमित जानकारीका लागि सम्पर्कमा रहन आग्रह गरेको छ। असोज ८ गते बिहान २ बजे सार्वजनिक गरिएको अपडेटमा केन्द्रले वर्षा र नदीको अवस्था निरन्तर निगरानी तथा अद्यावधिक गरिरहेको जनाएको छ।
प्रकाशित: ८ आश्विन २०८३ ०६:५७ बिहीबार